२०८२ माघ १३ गते मंगलवार
नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गरेर नयाँ सरकार गठन गर्न माग गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै यस्तो माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
एमालेले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको भन्दै सभामुख दलीय आबद्धताबाट अलग हुनुपर्ने भए पनि कोशीमा सरकार गठन र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुनु संसदीय अभ्यासमाथिको हस्तक्षेप भनेको छ ।
‘सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सङ्लग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र ससदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ,’ सचिवालय बैठकबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ, ‘नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रर्त्सना गर्दछ। असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ।’
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij