Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक


  • 2.4K
    Shares

    कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ। पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो । 

    यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो ।


    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १४:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij