Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

दुईचार कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने

दुईचार कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने


  • 5.0K
    Shares

    दुईचार कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले भारतीय लेखकले नेपालको बारेमा गलत विषय लेखेको कुरा गन्तीमा राख्न लायक नरहेको टिप्पणी गरेका छन् ।

     ‘आदिपुरुष’ भारतीय चलचित्रको सन्दर्भलाई जोड्दै उनले नेपालको सार्वभौमिकता, अखण्डता इतिहासमा स्वर्ण अक्षरमा लेखिईसकेको बताएका हुन् ।

    ‘कुनै दुईचार कौडीको भारतीय लेखकले हाम्रा विषयमा गलत कुरा भन्यो भन्दैमा त्यसलाई हामीले कुनै गन्तीमा राख्न पर्दैन । नेपालको सार्वभौमिकता, नेपालको अखण्डता इतिहासमा लेखिएको छ । स्वर्ण अक्षरमा लेखिईसकेको छ । हामी हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा गर्व गर्दछौं,’उनले भने ।

    काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नेपालको बारेमा गलत सन्देश प्रवाह हुने गरी तयार भएको भारतीय फिल्म महानगर क्षेत्रका हलमा चल्न नदिने उद्घोण गरेका थिए । उनको उक्त उद्घोषसँग उच्च अदालतमा मुद्दा दायर भएको थियो ।

    उक्त अदालतले फिल्म चल्न दिनु भन्ने आदेश जारी गरेपछि बालेनले आफू जस्तोसुकै पनि सजाय भोग्न तयार रहेको तर अदालतको गलत निर्णय नमान्ने बताएका थिए ।

     

     

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १६:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij