Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि २९ मिनेटका लागि स्थगित

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि २९ मिनेटका लागि स्थगित


  • 1.9K
    Shares

    एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि २९ मिनेटका लागि स्थगित

    काठमाडौँ । निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय सभाको बैठकमा अवरोध भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    बैठक अवरुद्ध गरेपछि बोल्न समय पाएका नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले जन्मसिद्धका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा पक्षमा रहेको तर सरकारले असंवैधानिक बाटो समातेको बताए । 

    उनले गत जेठ १२ गते सरकारले राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको पत्र असंवैधानिक रहेको र राष्ट्रपतिको काम असंवैधानिक रहेको बताए । सांसद श्रेष्ठले त्यसबारेमा सरकारले जवाफ नदिएसम्म संसदको नियमित कामकारवाही अघि बढाउन नदिने उल्लेख गरे । यस्तै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा  लिपुलेक, कालापानीको जग्गा भारतसँग साट्न सकिने प्रस्ताव राखेको र त्यो आपत्तिजनक रहेको भन्दै त्यसबारेमा प्रष्ट पार्न माग गरे । 

    अध्यक्ष तिमिल्सिनाले सरकारलाई त्यसबारेमा जवाफ ध्यानाकर्षण गराएको बताउँदै बैठक अघि बढाउन आग्रह गरेपनि सांसदहरुले अवरोध कायमै राखेपछि २९ मिनेटका लागि बैठक स्थगिग गरे । राष्ट्रिय सभाको बैठक ६ मिनेट बसेर स्थगित भएको हो ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १२:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij