Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एनएमबि बैंकले ल्यायो एनएमबि सजिलो क्यूआर कर्जा

एनएमबि बैंकले ल्यायो एनएमबि सजिलो क्यूआर कर्जा


  • 1.9K
    Shares

    • images
    एनएमबि बैंकले ल्यायो एनएमबि सजिलो क्यूआर कर्जा
    images

    एनएमबि बैंकले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ वर्ष, नयाँ धमाका’ नारा सहित एनएमबि सजिलो क्यूआर कर्जाको सुरुवात गरेको छ ।

    एनएमबि बैंकको क्यूआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गर्नेछ ।

    अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ क्यूआर कर्जाको सुरुवात गरेको बैंकले जनाएको छ ।

    यस कर्जाबाट ग्राहकहरुको व्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुे विश्वास बैंकले गरेको छ । साथै प्राथमिकतामा राखेको डिजिटाइजेसनको लक्ष्य प्राप्तिमा कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १२:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij