२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । आज (शनिबार) बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिने भएको हो।
सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने उनले बताए।
उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन्।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij