Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?


  • 435
    Shares

    मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। 

    प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको उल्लेख छ । 
    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम उनको तर्फबाट निर्वाचन प्रतिनिधि विकास थापाले बिहीबार आयोगमा उक्त खर्च विवरण दर्ता गराएका हुन्।

    कोइरालाले बुझाएको विवरण हेर्दा चुनावमा सबैभन्दा ठूलो रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको देखिन्छ। मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा मात्रै १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको छ। यसैगरी, निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार, गाडीको इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र कलम, फाइल, फोटोकपी पेपरलगायतका स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

    चुनावी अभियानका क्रममा कार्यकर्ता तथा शुभेच्छुकको खाजा र खानामा ९६ हजार ६ सय ६० रुपैयाँ खर्च भएको छ। त्यस्तै, पार्टी तथा भ्रातृ संस्था परिचालनका लागि यातायाततर्फ ७९ हजार, प्रचार कार्यालय सञ्चालनार्थ टेन्टको व्यवस्थापनमा ४० हजार र आवश्यकता अनुसारको मसलन्द सामग्री खरिदमा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ। 

    627739256_1723015069067049_8696325104452229371_n.jpg

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १२:११:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij