Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


  • 722
    Shares

    समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।

    समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सीट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउनेबारे छलफल हुने उनले बताए।

    प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकमा २० सीट पाएको छ। भोलि नाम टुङ्गो लगाएर आयोगमा बुझाउने कांग्रेसको तयारी छ।

    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - १३:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij