Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

बजारमा शिवम् सिमेन्टको साढे ६ करोड बढीको सेयर कारोबार

बजारमा शिवम् सिमेन्टको साढे ६ करोड बढीको सेयर कारोबार


  • 2.0K
    Shares

    बजारमा शिवम् सिमेन्टको साढे ६ करोड बढीको सेयर कारोबार
    images

    सेयरबजारमा उतारचढावका बीच नेप्से परिसूचक ५.५४ अंकले बढेर बन्द भएको छ। योसँगै नेप्से १८४४.०२ विन्दुमा छ। आज ११ बजे खुलेको बजार साढे ११ सम्म बढे पनि त्यसपछि घटेको थियो। त्यसपछि साढे १२ सम्म उकालो लागे पनि क्रमशः झरेर बन्द हुनुअघि साढे ५ अंकले बढेको हो। 

    आज ७७ वटा कम्पनीको सेयर घटेको छ भने १३२ वटाको बढेको छ। त्यस्तै ८ वटाको उही मूल्यमा कारोबार भएको छ। 

    आज ३५ हजार पटकको खरिदबिक्रीमा ९१ करोड १९ लाख रुपैयाँको मात्र कारोबार भएको छ। दिनभरिमा २९ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

    आज सोमबार सानिमा मिडल तमोर हाइड्रोका लगानीकर्ताले १० प्रतिशत र कालिञ्चोक दर्शनका सेयरधनीले ९.९७ प्रतिशतसम्म कमाए पनि अन्य लगानीकर्ताले उल्लेख्य आम्दानी गर्न सकेनन्। 

    त्यस्तै लगानीकर्ताहरुले सोमबार ६.५४ प्रतिशतसम्म नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। आज बजारमा सर्वाधिक कारोबार शिवम् सिमेन्टको छ। कम्पनीको ६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको हो। 

     

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १४:४१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij