Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु


  • 302
    Shares

    मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

    गोरखा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले रातोपाटीलाई दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । 

    तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । 

    अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

    ‘बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ । बाटो निकै ठाडो र अप्ठ्यारो छ,’ उनले भने, ‘त्यसमाथि पानी पनि परिरहेको छ । ब्रेक नलागेरै (ब्रेक फेल) गाडी खसेजस्तो लाग्छ ।’ रुट बाहिरको गाडी भएका कारण पनि बाटोबारे ज्ञान नभएको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - २१:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij