Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक (नामावलीसहित)

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक (नामावलीसहित)


  • 330
    Shares

    जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक (नामावलीसहित)

    जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। 

    स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको बुढाथोकीले बताए। 

    ‘आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ। केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो,’ उनले भने, ‘हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ।’

    उनका अनुसार, गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।

    सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ। यस्तै, नेपाल पुलिस अस्पतालमा २०३, राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार भएको थियो। 

     

    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - २१:५०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij