Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पोखरा २८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

पोखरा २८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश


  • 1.6K
    Shares

    पोखरा २८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

    उच्च अदालत पोखराले गएको वैशाख ३० गते सम्पन्न पोखरा महानगरपालिका वडा नम्बर १८ को चुनावको पुनः मतगणना गर्न आदेश दिएको छ। निर्वाचन आयोगले घोषणा गरेको नतिजा उपर पुनः मतदानको यो आदेश नेपालकै पहिलो हो। 

    उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गतेलाई पुनःमतगणनाको दिन तोकेको छ। अदालतकै रोहवरमा मतगणना हुनुपर्ने अदालतको आदेश छ। 

    निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिना तीन मतले विजयी भएको घोषणा गरिएको थियो। तर, एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी पुस्कलबहादुर थापाले नतिजामा असहमति जाहेर गर्दै आफू ९ मतले विजयी भएको जिकिर गरेका थिए। निर्वाचन कार्यालयले त्यतिबेला शिवले १६ सय ४३ र पुस्कलले १६ सय ४० मत प्राप्त गरेको घोषणा गरेको थियो।

    गएको वैशाख ३० गते भएको निर्वाचनको मत परिणाम जेठ १० गते आएको थियो । वैशाख १२ गते शिवलाई विजयी भएको प्रमाणपत्र दिइएको थियो। निर्णयप्रति चित्त नबुझेपछि पुस्कलले अदातलको ढोका ढक्ढक्याएका थिए।

    पुस्कलको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले अदालतको आदेशसँगै शिवको पद निलम्बित भएको जनाए।

    प्रकाशित मिति :चैत्र २१ २०७९ मंगलवार - १९:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij