Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नागार्जुनमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

नागार्जुनमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु


  • 575
    Shares

    नागार्जुनमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित फस्कुमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । मंगलबार राति सितापाइलाबाट रामकोट जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भिमराज तामाङको मृत्यु भएको हो ।

    नागार्जुन–८ बस्दै आएका तामाङको साथमा सैनिक जवानको परिचयपत्र भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

    तामाङले चलाएको मोटरसाइकल रामकोटदेखी सितापाइला आउँदै गरेको बा.प्रदेश–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । सो मोटरसाइकल चालक सर्लाही घर भएर ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर घाइते भएका छन्न । उनको मनमोहन अस्पतालमा उपचार हुँदैछ । 

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - ११:५७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij