२०८२ माघ १४ गते बुधवार
आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानको उम्मेदवारी विरुद्ध उजुरी परेको छ। दबी विरोधको दिन आज लामिछाने विरुद्धमा एक व्यक्तिले इमेल मार्फत उजुरी दिएका हुन्।
उजुरी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा पुगेरै उजुरी दिए मात्रै त्यस उजुरीलाई आधार मान्ने बताउँदै जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले यो बिषयमा के गर्ने भन्ने छलफल बाँकी रहेको बताए। उनका अनुसार सर्वोच्चमा रिट परेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी खारेजको माग राखेर उजुरी गरेका छन्।यद्यपी, यसरी इमेल मार्फत परेको उजुरीलाई मान्न नसकिन निर्वाचन अधिकृत कार्की बताउँछन्।
‘सर्वोच्चले फैसला गरिरहेको कुरामा हामीले यहाँबाट केही गर्ने कुरा भएन,’ कार्कीले भने, ‘उजुरी गराउनेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेकोलाई मात्रै उजुरी मानेर हामीले छानबिन गर्ने, स्पष्टिकरण सोध्ने हो। यसलाई उजुरी मान्न सकिदैंन।’


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij