Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता


  • 2.1K
    Shares

    स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

    तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

    उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।

    मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुगेका छन् । उनी बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुगेका हुन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

    यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् । गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १४:५५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij