Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बारा -२ मा उपेन्द्र यादवले मनोनयन दर्ता गराए

बारा -२ मा उपेन्द्र यादवले मनोनयन दर्ता गराए


  • 2.2K
    Shares

    बारा -२ मा उपेन्द्र यादवले मनोनयन दर्ता गराए

    बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

    मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने ।

    यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

    यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १३:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij