Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै


  • 1.7K
    Shares

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ ।

    प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।

    आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको  राजीनामा माग्ने तयारी गरेका छन् ।

    यता लुम्बिनीमा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादीसहित ८ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ । त्यहीबीच ५४ जना प्रदेशसभा सदस्यले कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख अमक्ष दाबी पेस गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १०:२३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij