Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता


  • 1.9K
    Shares

    प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। 

    निर्वाचन आयोगका अनुसार तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज (चैत २० गते) उम्मेदवारी दर्ता गर्न लागिएको हो। निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको आयोगले जनाएको छ। 

    आज उम्मेदवारी दर्तापछि भोलि (चैत २१ गते) उम्मेदवारविरुद्ध उजुरी दिने, चैत २२ गते प्राप्त उजुरीबारे छानबिन गर्ने र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।

    यस्तै उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ। 

    निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ। 

    गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।

    उपनिर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलले उम्मेदवार चयन गरिसकेका छन्। 

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - ०७:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij