Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आरआर क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सर्वपक्षीय सहमति

आरआर क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सर्वपक्षीय सहमति


  • 1.9K
    Shares

    आरआर क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सर्वपक्षीय सहमति

    काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ । आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो । 

    स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । अनेरास्ववियु (एमाले) लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए ।

    क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ माम निर्वाचन गर्ने सहमति भएको विष्टले बताए ।

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - १३:३८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij