Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

८ महिनामा ११ सय बढी शिक्षकले दिए राजीनामा, यस्तो छ राजीनामा दिनुको रहस्य

८ महिनामा ११ सय बढी शिक्षकले दिए राजीनामा, यस्तो छ राजीनामा दिनुको रहस्य


  • 3.0K
    Shares

    ८ महिनामा ११ सय बढी शिक्षकले दिए राजीनामा, यस्तो छ राजीनामा दिनुको रहस्य

    पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या बढ्न थालेको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा राजीनामा दिने शिक्षकको संख्या बढेको छ । 

    यो आर्थिक वर्षको फागुन महिनासम्म २३ सय ६३ जना शिक्षकले निवृत्तिभरण पत्र लिइसकेको र त्यस मध्ये करीब ११ सय बढी शिक्षकले राजीनामा दिएको राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले बताए ।

    राजीनामा बढ्नुको कारणमा धेरै पालिकाहरुले अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थालेको र ३० वर्ष सेवा पुगीसकेका शिक्षकहरु जाउन भन्ने उदेश्यले प्रोत्साहन भत्ता दिएका कारण जागीर छोड्नेको संख्या बढ्न थालेको खकुरेलले बताए

    उनले शिक्षकहरुलाई अहिले औषधि उपचार खर्च दिइरहेको तर शिक्षक अस्पताल बनाउँदै गरेकोले अस्पताल बनिसकेपछि पैसा नदिने हल्लाका कारण पनि यो संख्या बढेको बताए । कुनै निर्णय नभएको र अस्पताल बनेपनि औषधि उपचार खर्च सरकारले दिने बताए ।

    “कोभिड पछि धेरै विद्यालयहरुले अंग्रेजी माध्यमसँगै प्राविधिक रुपमा आइट पठनपाठन गर्न थालेपछि शिक्षकहरुले राजीनामा दिएको बताउने गरेका छन्” उनले भने । यो सँगै शिक्षा विभागले दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भयले पनि कतिपय शिक्षकले राजीनामा दिएको खकुरेल बताउँछन् । दरबन्दी मिलान गर्दा आफ्नो पालिकाबाट अर्को पालिकामा अथवा अर्को जिल्लामा सरुवा हुने डरले पनि जागीरबाट राजीनामा दिने क्रम बढेको उनको भनाइ छ ।

    उनका अनुसार माघ महिनामा अनिवार्य अवकाश लिनेको संख्या १ सय ५८ छ भने राजिनामा दिने शिक्षकहरुको संख्या १ सय ४२ रहेको छ । त्यस्तै फागुन महिनामा अनिवार्य अवकाश लिने २ सय २९ र राजिनामा दिने शिक्षक १ सय ६६ रहेका छन् ।

    अघिल्लो आर्थिक वर्षमा ४ हजार ९ सय ८१ जनाले निवृत्तिभरण पत्र लगाएतको सुविधा लिएका थिए । तर, अघिल्लो वर्षमा पेन्सन नभएका र २० वर्ष नपुगेका १ हजार ८ सय ९८ जनाले राजिनामा दिएको महानिर्देशक खकुरेलले जानकारी दिए । २ सय ५५ जनाले उपदान लिएका छन् । यो आर्थिक वर्ष अझै ४ महिना बाँकी रहेको र यो संख्या बढ्ने उनको भनाइ छ ।

    १८ अर्ब बढी रकम पेन्सन र औषधि उपचारमा खर्च

    राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले हरेक वर्ष १८ अर्ब बढी रकम पेन्सन र औषधि उपचारमा खर्च हुने गरेको बताए । उनले १२ अर्ब ७० करोड पेन्सन भत्तामा र ६ अर्ब ३० करोड औषधि उपचार,उपदान विरामी विदाको लागि रकम वितरण गरिने जानकारी दिए ।

    उनका अनुसार करीब करीब ४८ हजार सेवा निवृत्त शिक्षकहरु रहेको र उनीहरुले पेन्सनको सुविधा लिइरहेका छन् । त्यसैगरी १ लाख ९ हजार १ सय २५ दरबन्दी रहेकोमा प्रावि तहमा ८० हजार १ सय ७६, निमावि तहमा १६ हजार २ सय २४ र मावि तहमा १२ हजार ७ सय २५ रहेको छ ।

     

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - ११:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij