२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ । काठमाडौं महानगरपालिका–१६, म्हेपिस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमले गण्डकी स्कुल पढाइमा मात्र होइन विद्यार्थीहरुको अन्य क्षमताको पहिचान गरि प्रोत्साहन र उपयुक्त तालिमसहित विद्यार्थीहरुको मनोवल उच्च राख्दै अतिरिक्त कृयाकलापहरुमा मार्गदर्शन गर्न पनि अब्बल छ भन्ने प्रमाणित गरेको छ ।
गत आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शिक्षा बिकास तथा समन्वय इकाई काठमाडौँँका प्रमुख डा. समन्तमणी आचार्यको प्रमुख अतिथ्यतामा शुरु भएको कार्यक्रममा शिक्षाले व्यक्तित्व निर्माणसँगै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयले संस्कारयुक्त र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा ब्यक्त गरे। क्याम्पस प्रमुख रामप्रसाद अर्यालले कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयको निरन्तर प्रगति, अभिभावकको साथ र समुदायको सहयोगले संस्थालाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरे।
(पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला)
उक्त अवसरमा विद्यालयले विभिन्न पुरस्कार तथा सम्मानहरु प्रदान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेका थिए भने अभिभावकहरू आफ्नो बालबालिकाको प्रस्तुति देखेर मख्ख थिए।
उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, काठमाडौँ महानगरपालिका अध्यक्ष गगनसिंह ऐर लगाएत विभिन्न विद्यालयका प्रिन्सिपल, संचालकहरु तथा त्यस क्षेत्रका विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै विद्यालयका कार्यकारी निर्देशक दोर्ण बहादुर अधिकारी, प्रिन्सिपल आरसी भट्ट तथा विद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।
उक्त अवसरमा प्रिन्सिपल आरसी भट्टले उपस्थित सम्पुर्ण अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, प्रविधिमैत्री शिक्षण पद्धति र समग्र व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको बताए। उनले अभिभावक र विद्यालयबीचको सुदृढ सहकार्यले नै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गरे। गण्डकी स्कुलको २२औँ वार्षिकोत्सब तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij