Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

चुनावका कारण एसइईको परीक्षा सर्ने ! अब कहिले ?

चुनावका कारण एसइईको परीक्षा सर्ने ! अब कहिले ?


  • 491
    Shares

    चुनावका कारण एसइईको परीक्षा सर्ने ! अब कहिले ?

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) सर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण एसइई परीक्षा सर्ने भएको हो । 

    यसो त राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैतको पहिलो साता गर्ने तालिका सार्वजनिक गरेको थियो । तर, आसन्न निर्वाचनका कारण परीक्षा सर्ने भएको बोर्डका पदाधिकारीले बताएका छन् । 

    फागुन २१ गते हुने निर्वाचनका कारण एसइई परीक्षा सर्ने भएको छ । फागुन २१ गते निर्वाचन हुने भएसँगै निर्वाचनका लागि मतपत्र र परीक्षाको  प्रश्नपत्र छपाईको काम जुध्ने भएपछि परीक्षा सर्ने भएको हो । मतपत्र र प्रश्नपत्र छपाईको काम जनक शिक्षा केन्द्रबाटै हुने भएकाले परीक्षा सार्नुपर्ने अवस्था आएको बताइएको छ । 

    परीक्षा सर्ने भए पनि कहिलेदेखि हुन्छ ? भन्ने टुंगो लागिसकेको छैन । यद्यपि एसइईको रुटिन माघको पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका छ ।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १२:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij