Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने

पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने


  • 386
    Shares

    पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने
    images

    काठमाडौं । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ ।

    एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

    उनका अनुसार १८ अस्थायी आवाससहित प्रत्येक आवासका लागि शौचालय, बिजुली, पानी लगायतको समेत व्यवस्थापन गरिएको छ ।  

    अस्थायी आवास निर्माण अभियानमा जिफन्ट विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो क्षति भएको थियो ।

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - १२:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij