Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

सुदूरपश्चिमका सांसद थापाले दिए पदबाट राजीनामा, यस्तो छ असन्तुष्टि

सुदूरपश्चिमका सांसद थापाले दिए पदबाट राजीनामा, यस्तो छ असन्तुष्टि


  • 561
    Shares

    सुदूरपश्चिमका सांसद थापाले दिए पदबाट राजीनामा, यस्तो छ असन्तुष्टि
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। 

    पूर्वभूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीसमेत रहेका थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन्। थापा कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा नेकपा एमालेबाट निर्वाचित सांसद हुन्। 

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका छन्।

    सभामुख भण्डारीले उनको राजीनामाका विषयमा अझै निर्णय भने लिएका छैनन्। छलफल गर्नै नदिएर बजेट हतारमा पारित गरिएको भन्दै थापा असन्तुष्ट बनेका थिए।

    सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षका लागि ल्याएको ३७ अर्ब ७० करोड बराबरको बजेट मंगलबार पारित भएको छ। 

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - १२:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij