२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । १३ चैत-राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुलाई एक पटकका लागि मौका परीक्षा दिने निर्णय गरेको छ । बोर्डले २०७२ देखि २०७५ सम्मका विद्यार्थीहरुका लागि एक पटक मौका परीक्षा दिने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माका अनुसार पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिएका तर उत्तीर्ण हुन नसकेका रजिष्ट्रेशन अगाडीको अंक ७२ देखि ७५ सम्मका विद्यार्थीलाई एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरिएको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले तोकेको समय सिमा नाघेका र पास गर्न नसकेका विद्यार्थीहरुको जतिसुकै विषय बाँकी रहेपनि एक पटकका लागि मौका परीक्षामा सहभागि हुन पाउने गरी बोर्डले निर्णय गरेको शर्माले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij