२०८२ माघ १५ गते बिहिवार
नेपाल धितोपत्र बोर्डले तीन धितोपत्र व्यवसायी दलाल (ब्रोकर) कम्पनीलाई शाखा विस्तारका लागि अनुमति दिएको छ। शाखा खोल्न शनि सेक्युरिटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरिटिजले अनुमति पाएका हुन्।
शनिले पोखरामा शाखा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा। यस्तै नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको छ।
निवेदन दिएको १४ दिनमै अनुमति पाएकामा ब्रोकर कम्पनी भने खुसी भएका छन्। शनि सेक्युरिटिजले गत फागुन १८ गते निवेदन दिएको थियो। उसले यही चैत ८ गते अनुमति पाएको हो।
नेपाल धितोपत्र बोर्डले निवेदन दिएको १५ दिनमै अनुमति पाउने व्यवस्था गरेपश्चात् पहिलो लटमा तीन ब्रोकर कम्पनीले अनुमति पाएका हुन्।
थप दुई ब्रोकर कम्पनी पाइप लाइनमा छन्। जेएफ सेक्युरिटिज र भिजन सेक्युरिटिजले यसै साता निवेदन दिएका हुन्। जेएफले पूर्वको दमकमा शाखा विस्तारको अनुमति माग गरेको छ भने भिजनले ललितपुरको पाटनका लागि निवेदन दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij