२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको १४ लाख ४४ हजार ८४.९३ कित्ता शेयर बिक्रीमा राखिएको हो।
हाललाई उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij