कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपन रेञ्ज तोकेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बुधवार कम्पनीको कुल ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ ।
कम्पनीको भोलि अर्थात चैत ९ गते बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपन रेञ्ज तोकेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij