Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

रास्वपा केन्द्रीय समिति बैठक सुरु

रास्वपा केन्द्रीय समिति बैठक सुरु


  • 386
    Shares

    रास्वपा केन्द्रीय समिति बैठक सुरु
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ । प्रवक्ता झाका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।

    यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

    रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने बैठकको कार्यसूची बनाएको छ । बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।

    उक्त कार्यदलले आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । रास्वपाले बैठकबाट राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए ।

    उक्त कार्यदलले राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको जानकारी लिँदै केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १६:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij