Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एसइईमा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

एसइईमा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै


  • 2.6K
    Shares

    एसइईमा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १७ गतेदेखि सुरु हुँदै छ। परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

    कक्षा १० को एसइई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्। साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ। सङ्घीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो। तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - ११:२४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij