Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: प्रावि तहमा माग गरिएभन्दा करिब ३ हजार कम शिक्षक सिफारिस

शिक्षक सेवा आयोग: प्रावि तहमा माग गरिएभन्दा करिब ३ हजार कम शिक्षक सिफारिस


  • 5.5K
    Shares

    शिक्षक सेवा आयोग: प्रावि तहमा माग गरिएभन्दा करिब ३ हजार कम शिक्षक सिफारिस

    काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका १० हजार ३५३ शिक्षकहरुको एकमुष्ट सिफारिस गरेको छ ।

    आयोगको अनुसार शिक्षक संख्या माग गरिएको पदसंख्यामा दुई हजार ९४४ पद रिक्त भएका छन् । माग गरिए बमोजिम शिक्षक पदमा उम्मेद्वार छनोट हुन नसकेको आयोगले जनाएको छ।

    आयोगले प्रावि तह तृतीय श्रेणी शिक्षक पदका लागि १३ हजार २९७ आवेदन खुला गरेको थियो । सोही अनुसार २०७८ चैत १० गते र २०७९ असार १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको विभिन्न समयमा अन्तर्वार्ता आयोगले लिएको थियो ।

    उक्त अर्न्तवार्तामा उत्तीर्ण उम्मेदवारलाई गत शनिवार स्थाइ नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरिएको आयोगले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १६:४३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij