Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

सुपरमाई र माया खोला हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

सुपरमाई र माया खोला हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?


  • 2.2K
    Shares

    सुपरमाई र माया खोला हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?
    images

    काठमाडौं । दुई हाइड्रो पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सुपरमाई हाइड्रो पावर लिमिटेड र माया खोला हाइड्रो पावर कम्पनीको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

    यसैक्रममा सुपरमाई हाइड्रोको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । आयोजना प्रभावितहरुलाई बिक्री गरिएको ५ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणहरुका लागि बिक्री गरिएको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । 

    आईपीओ सूचीकृत भएसँगै मंगलबारबाट उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. १३०.७६ देखि ३९२.२८ ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ । 

    त्यसैगरी माया खोला हाइड्रोको चुक्ता मूल्य रु. १०० भएको १ करोड कित्ता आईपीओ सूचीकरण भएको छ । 

    आयोजन प्रभावितहरुका लागि बिक्री गरिएको १० लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत सर्वधारणका लागि बिक्री गरिएको २४ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो । 

    नेप्सेमा सूचीकृत भएसँग उक्त कम्पनीको मंगलबारदेखि शेयर कारोबार हुनेछ । रु. ८८.५३ देखि रु. २६५.५९ सम्म ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।  
     

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १४:१५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij