Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

जेनजी आन्दोलनमा लुटिएका २ थान बन्दुक ओडारमा भेटियो

जेनजी आन्दोलनमा लुटिएका २ थान बन्दुक ओडारमा भेटियो


  • 820
    Shares

    जेनजी आन्दोलनमा लुटिएका २ थान बन्दुक ओडारमा भेटियो
    images

    झापा प्रहरीले जेनजी आन्दोलनमा लुटिएका हतियार धमाधम पक्राउ गर्ने अभियान तीव्र बनाएको छ। इलाका प्रहरी कार्यालय दमकमा गत भदौ २४ गते भएको तोडफोड, आगजनी तथा लुटपाट प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार घटना स्थलमा साइकिलमा प्रहरीको हतियार बोक्दै हिँडिरहेको दृश्य देखिने भिडिओको आधारमा अनुसन्धान दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक (लिम्बु)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

    प्रारम्भिक सोधपुछका क्रममा फियाकले दमक इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार पाँचथरको मिक्लाजुङ–३ आरुबोटे, लामागाउँस्थित एक ओडारमा लुकाइ राखेको स्वीकार गरेपछि प्रहरीले त्यहाँबाट २ थान हतियार समेत बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरसँगको समन्वयमा प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले  दुई थान हतियार समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका खड्काले बताए। 

    उनका अनुसार, सिरियल नम्बर ६२०३८ भएको म्याग्जिन समेतको .३०३ मार्क–३ राइफल १ थान, सिरियल नम्बर ०३११०२७३९ भएको, म्यागेजिन नभएको र बट तथा ह्याण्ड ग्रिप जलेको अवस्थाको इन्सास राइफल १ थान बरामद गरेको छ। त्यस्तै इन्सास राइफलको १ थान गोली,  एसएलआर राइफलका ३ थान गोली राउन्ड गोली समेत बरामद गरेको छ। 

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - २१:१३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij