Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

३.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

३.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा


  • 2.1K
    Shares

    ३.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा
    images

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा रू. १४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू. ५०३ अर्ब ९९ करोड (१२.३ प्रतिशत) लेबढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.९ प्रतिशतले बढेको छ ।

    २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको०.८ प्रतिशतले बढेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १३:४८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij