Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नाफासँगै घट्यो निफ्राको प्रतिशेयर आम्दानी, अन्य सूचक कस्तो ?

नाफासँगै घट्यो निफ्राको प्रतिशेयर आम्दानी, अन्य सूचक कस्तो ?


  • 470
    Shares

    नाफासँगै घट्यो निफ्राको प्रतिशेयर आम्दानी, अन्य सूचक कस्तो ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निफ्राले ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३६.१५ प्रतिशतले घटेको छ।

    पुससम्म बैंकले ७४ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी २९।०९ प्रतिशतले कम हो। चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ र सरप्लसमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ रहेको छ। 

    बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको सञ्चालन मुनाफा घटेर ५८ करोड ६५ लाख रुपैयाँमा भएको छ।  बैंकको सञ्चालन मुनाफा पनि ३६.०४ प्रतिशतले घटेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ३.८० रुपैयाँ कायम भएको छ भने पीई रेसियो ६८.४६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११४.७५ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - ११:२६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij