Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल भ्रमणमा आइपुग्यो उच्चस्तरीय चिनियाँ टोली

नेपाल भ्रमणमा आइपुग्यो उच्चस्तरीय चिनियाँ टोली


  • 442
    Shares

    नेपाल भ्रमणमा आइपुग्यो उच्चस्तरीय चिनियाँ टोली

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली नेपाल आइपुगेको छ ।  

    चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ । 

    झेङ नेपाल मामिलाका जानकार हुन् । उनी नेपाली भाषा पनि राम्ररी बोल्छिन् । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यसपटक भ्रमण टोलीको नेतृत्व गरेर नै आएकी हुन् । 

     

    प्रकाशित मिति :माघ ८ २०८२ बिहिवार - १४:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij