Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कृषि विकास बैंकको ५९ औँ वार्षिकोत्सव सम्पन्न

कृषि विकास बैंकको ५९ औँ वार्षिकोत्सव सम्पन्न


  • 470
    Shares

    कृषि विकास बैंकको ५९ औँ वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । 

    समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्दै बैंकले व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आफूलाई प्रतिस्पर्धी वाणिज्य बैंकका रूपमा स्थापित गर्दै आएको जनाएको छ ।

    बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले आधुनिक बैंकिङ प्रणाली, नयाँ प्रविधि र प्रभावकारी प्रशासनिक अभ्यासलाई आत्मसात नगरी बैंकिङ क्षेत्रमा अघि बढ्न कठिन हुने बताए । नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको बताए । 

    चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको कूल निक्षेप ३ खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ र कूल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्म बैंकको निष्क्रिय कर्जा अनुपात कूल कर्जा लगानीको ४.५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

    त्यसैगरी, वार्षिकोत्सवकै अवसरमा बैंकले साना किसानलाई लक्षित गरी विकास गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयरको शुभारम्भ गरेको छ भने केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रसमेत औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । हाल बैंकको शेयर संरचनामा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ ।

     

     

     

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १६:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij