२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो ।
वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत योजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।
मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij