Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फागुनमा अध्ययन अनुमतिपत्र लिने दोब्बर

फागुनमा अध्ययन अनुमतिपत्र लिने दोब्बर


  • 2.2K
    Shares

    • images
    फागुनमा अध्ययन अनुमतिपत्र लिने दोब्बर
    images

    काठमाडौँ । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताए । 

    माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रुपियाँ राजस्व आर्जन भएको थियो । 

    फागुनमा अस्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले एनओसी लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

    प्रकाशित मिति :चैत्र ४ २०७९ शनिवार - ०६:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij