Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा १४ जना मनोनीत (सूचीसहित)

विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा १४ जना मनोनीत (सूचीसहित)


  • 3.7K
    Shares

    विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा १४ जना मनोनीत (सूचीसहित)

    विवेकशील साझाले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

    फागुन १५ र २७ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरू मनोनीत भएका हुन्।

    भक्तपुरका सुरज प्रधान, काठमाडौंका सुरेन्द्र रानाभाट गत फागुन १५ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

    पार्टी विधानअनुसार पार्टीमा निरन्तर क्रियाशील रहेका समावेशी, भूगोल र प्रतिबद्धताजस्ता मापदण्डका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।

    यस्तै गोरखाका नवराज थापा, बाराका रूस्तम अन्सारी, कर्णाली प्रदेशका सूर्यदीप रेग्मी (दीपक), काठमाडौंका चक्र न्यौपाने, निर्जला कक्षपति, सुदूरपश्चिमका हरि भट्ट, काठमाडौंका धनेज थापा, गण्डकीका सरोज गौतम, ललितपुरका मिलन परियार, काठमाडौंका निरञ्जन चापागाईं, गण्डकीका शिशिर बन्जारा, चन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोतीत गरिएको हो।

    बैठकले वृहत्तर छलफलबाट वार्षिक क्यालेन्डर बनाउने र पार्टी गतिविधि तथा अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ। प्रदेशका अधिवेशन प्राथमिकतामा राखिएको विवेकशील साझाले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १२:३६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij