२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज (सोमबार) देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । जिल्ला कार्यसमितिहरुको आयोजनामा कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । विभिन्न जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभापति शेरबहादुर देउवाले आज बुटवलमा हुने सभालाई सम्बोधन गर्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा सहभागिताका लागि पार्टीका समर्थक तथा आम जनतासित अपिल गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij