२०८२ माघ ८ गते बिहिवार
कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर आज फागुन २६ गतेबाट बिक्रीमा राखिएको छ।
कुमारी बैंकले संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरु ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या उल्लेख गरी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा वा काठमाण्डौको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij