Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नबिल बैंकले बिक्रीमा राखेको सेयरमा खरिदमा आवेदन दिने आज अन्तिम दिन

नबिल बैंकले बिक्रीमा राखेको सेयरमा खरिदमा आवेदन दिने आज अन्तिम दिन


  • 2.6K
    Shares

    नबिल बैंकले बिक्रीमा राखेको सेयरमा खरिदमा आवेदन दिने आज अन्तिम दिन
    images

    नबिल बैंकको लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ३ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ। 

    गत फागुन १० गतेबाट बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

    लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजार कित्ताको गुणनमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

    लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा गएर खरिद आवेदन दिन सक्नेछन्। 

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १३:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij