२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।
आज सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij