२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको मुद्दा पेसीमा चढेको छ । सर्वोच्चका अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
सम्पत्ति शुद्धीकरण कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij