२०८२ माघ ८ गते बिहिवार
सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको हो।
सिभिल बैंकको १०० अंकित दरका कुल ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता साधारण सेयर हिमालयन बैंकका नाममा सूचीकृत भएको छ।
योसँगै सिभिल बैंकको सेयर अब हिमालयन बैंकको नाममा कारोबार खुलेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८०२८ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij