Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाई सेवा पुनः सुचारु

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाई सेवा पुनः सुचारु


  • 1.6K
    Shares

    चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाई सेवा पुनः सुचारु
    images

    चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडान पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुबाट साताको ४ उडान गर्नेछ।

    सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रातिको २१ः०० बजे अवतरण गर्नेछ ।

    नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा रु.७९,९९९/- र काठमाडौंदेखि नारिता सम्म एकतर्फी भाडा रु.६५,९९९/- रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाई सेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १७:०६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij