२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेपाल सरकारले २६ जना सार्वजनिक खाद्य विश्लेषक तोकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम २६ जना वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरूलाई सार्वजनिक खाद्य विश्लेषकमा नियुक्त गरेको हो ।
मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । कृषि मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गतका कार्यालयहरूमा खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम राख्ने उद्देश्यले यो नियुक्ति गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij