२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कृषि विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो।
सभा भुक्तापुको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने भएको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्ने छ। जसमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेका चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij