Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

भरतपुरको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरियो

भरतपुरको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरियो


  • 225
    Shares

    भरतपुरको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरियो
    images

    ठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।

    महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले राजमार्ग, सहायक राजमार्ग, पहुँच (लिङ्क) सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको बताइन् । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान सञ्चालन भइरहेको उनले बताइन् ।

     

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - ११:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij